राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

बुधबार, फागुन २०, २०८२

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ। बुधबार अपराह्न प्रधानमन्त्री कार्की राष्ट्रपति कार्यालय शीतलनिवास पुगेकी हुन्। प्रधानमन्त्री कार्कीले चुनावको तयारीबारे राष्ट्रपति पौडेललाई जानकारी गराएकी छन्। 

बिहीबार प्रतिनिधि सभाको निर्वाचन हुँदै छ। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। 

त्यस्तै, बुधबार दिउँसो बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पनि चुनावी तयारीबारे छलफल भएएको थियो। बैठकमा निर्वाचन तयारी, शान्ति सुरक्षा लगायतका विषयमा छलफल भएको थियो। 

सरोकारवाला निकायबाट निर्वाचन तयारीबारे जानकारी लिएपछि प्रधानमन्त्री कार्की शीतलनिवास पुगेकी हुन्। निर्वाचनको तयारीसँगै समसामयिक राजनीतिक अवस्थाबारे पनि राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच छलफल भएको जनाइएको छ। 

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १९:१३
प्रतिक्रिया दिनुहोस्