निर्वाचन सुरक्षाबारे नेपाली सेनाको चेतावनी: ‘भ्रामक सूचनामा विश्वास नगर्नुहोस्’

बुधबार, फागुन २०, २०८२

काठमाडौं । नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार गैर–राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवाला सबै निकायहरूसँग आवश्यक समन्वय र सहकार्यका साथ कार्य गरिरहेको स्पष्ट पारेको छ ।

सेनाले एक विज्ञप्ति जारी गर्दै निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न सेनाले काम गरिरहेको जिकिर गरे । ‘आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेनाले आफ्नो गैर–राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवाला सबै निकायहरूसँग आवश्यक समन्वय र सहकार्यका साथ कार्य गरिरहेको स्पष्ट पार्न चाहन्छौं,’ सेनाले भनेको छ ।

साथै, निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सबै सुरक्षा अङ्ग एवं सरोकारवाला निकायहरू एकीकृत र समन्वयात्मक ढङ्गले कार्य गरिरहेको सेनाले बताएको छ ।

यस्तो अवस्थामा प्रसारित असान्दर्भिक र अतिरञ्जित सामग्रीहरू प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको सेनाले जनाएको छ ।

‘सुनियोजित ढङ्गबाट प्रसारित त्यस प्रकारका भ्रामक सूचनाहरूमा विश्वास नगर्न/नगराउनु हुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ,’ सेनाले भनेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्