सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
नेपालगन्ज । जाजरकोट जिल्ला, कुशे गाउँपालिका–९, पैंक निवासी ११ वर्षीया बालिका मनिसा रोकाय गम्भीर स्वास्थ्य समस्याबाट पीडित छिन्। चिकित्सकका अनुसार उनको दाहिने मृगौलाले पूर्ण रूपमा काम गर्न छोडेको छ, जसका कारण उनको जीवन जोखिममा परेको छ।
विगत करिब एक वर्षदेखि देशका विभिन्न स्थानमा उपचार गराउँदै आएको परिवार हाल पछिल्ला तीन महिनादेखि काठमाडौंस्थित अस्पतालमा अपरेसन प्रक्रियामा रहेको छ। चिकित्सकहरूले मनिसाको तत्काल शल्यक्रिया तथा दीर्घकालीन उपचार आवश्यक रहेको बताएका छन्। तर उपचार अत्यन्तै खर्चिलो भएकाले आर्थिक रूपमा कमजोर परिवारका लागि यो भार धान्न असम्भव जस्तै भएको छ।
मनिसा लिल बहादुर रोकायकी नातिनी तथा टेक बहादुर रोकायकी छोरी हुन्। परिवारका अनुसार, उपचार अभावकै कारण उनी अहिले अस्पतालको बेडमै जीवन र मृत्युसँग संघर्ष गरिरहेकी छिन्।
यस्तो गम्भीर अवस्थामा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, समाजसेवी, तथा शुभेच्छुकहरूसँग मानवीय संवेदनासहित आर्थिक सहयोगको हार्दिक अपील गरिएको छ। परिवारले भनेको छ— “तपाईंको सानो सहयोगले पनि एउटा निर्दोष बालिकाको जीवन बच्न सक्छ।”
सहयोग गर्न सकिने माध्यम
बैंक: कृषि विकास बैंक लिमिटेड
खाता नम्बर: 0721101932218013
खातावालाको नाम: हरी बहादुर रोकाय (काका)
सम्पर्क / मोबाइल बैंकिङ: 9749877175 परिवारले सबैमा आग्रह गर्दै भनेको छ,“सेवा नै धर्म हो। तपाईंको एक थोपा सहयोगले नानी मनिसाको उपचारमा संजीवनी बन्न सकोस्।”