सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बाँके l फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी बाँके जिल्ला अन्तर्गत निर्वाचन क्षेत्र नं. १ मा आफ्ना स्पष्ट एजेण्डा सहित जनतामाझ सक्रिय रूपमा उत्रिएको छ। पार्टीले यस निर्वाचनमा विजय हासिल गर्ने एकमात्र उद्देश्यका साथ चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ।
यसै सन्दर्भमा पार्टीले नेपाली कांग्रेस सम्बद्ध देव बहादुर बिसीले सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टी र उम्मेदवार विरुद्ध आधारहीन, भ्रामक तथा कपोलकल्पित सामग्री प्रकाशित गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ।
निर्वाचन परिचालन समिति क्षेत्र नं. १, बाँकेद्वारा जारी प्रेस नोटमा पार्टीले एकल चुनाव चिन्ह “तारा” लिएर चुनावी मैदानमा उत्रिएको आफ्नो पार्टीले कुनै पनि व्यक्ति वा समूहलाई समर्थन गरेको भन्ने दाबी पूर्णतः असत्य र भ्रमपूर्ण रहेको स्पष्ट पारेको छ। यस्ता भ्रामक सामग्री तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई सचेत गराउँदै, अन्यथा कानुनी उपचारको बाटो अपनाउन बाध्य हुने चेतावनी समेत दिइएको छ।
पार्टीका अनुसार आफ्ना उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) को सुनिश्चित विजय देखेर नियोजित रूपमा सामाजिक सञ्जाल मार्फत भ्रम फैलाउने प्रयास गरिएको हो। प्रेस नोटमा यस्ता दुष्प्रचारलाई पूर्ण रूपमा खारेज गर्दै उम्मेदवारको विजय सुनिश्चित गर्न सम्पूर्ण मतदाता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई अझ सक्रिय हुन हार्दिक अपिल गरिएको छ।
प्रेस नोटमा सदस्य सचिव बल बहादुर खड्का ले हस्ताक्षर गरेका छन्।