सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बाँके । फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित तथा विश्वसनीय वातावरणमा सम्पन्न गर्नका लागि बाँके जिल्लाका भारतसँग जोडिएका सम्पूर्ण सीमा नाकाहरू अस्थायी रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा जारी सूचना अनुसार, सीमा नाकाहरू २०८२ फाल्गुण १८ गते (2 March 2026) सोमबार राति १२:०० बजेदेखि २०८२ फाल्गुण २१ गते (5 March 2026) बिहीबार राति १२:०० बजेसम्म पूर्ण रूपमा बन्द रहनेछन्।
निर्वाचनको समयमा अवाञ्छित गतिविधि रोक्न तथा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन यो निर्णय लिइएको जनाइएको छ। बन्दको अवधिमा भारतसँग आवतजावत पूर्ण रूपमा रोक लगाइनेछ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले सम्बन्धित सबै सरोकारवाला निकाय, यात्रु तथा सर्वसाधारणलाई यस विषयमा समयमै जानकारी राखी आवश्यक तयारी गर्न अनुरोध गरेका छन्।
प्रशासनले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग अपेक्षा गरेको छ।