सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
रुकुम (पश्चिम) — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुकुम (पश्चिम) जिल्ला कार्यालयले पार्टीका जिल्ला संयोजकसहित तीन जना नेता तथा जनप्रतिनिधिमाथि भएको हातपातको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका जिल्ला संयोजक गोविन्द रोका ‘सचिन’, मुसिकोट नगरपालिका–९ का वडा अध्यक्ष एवं जनप्रतिनिधि ओपेन्द्र कुमार ओली, तथा अखिल क्रान्तिकारीका नेता गोविन्द मल्ल माथि सोमबार अलग–अलग स्थानमा हातपात भएको नेकपाले जनाएको हो।
समवेदना व्यक्त गर्न जाँदै गर्दा आक्रमण पार्टीका अनुसार जिल्ला संयोजक सचिन मुसिकोटबाट बाँफिकोट गाउँपालिका–४ स्थित मग्मातर्फ समवेदना व्यक्त गर्न जाँदै गर्दा बिहान करिब १० बजे लोछावाङ नजिक विकास अधिकारी र प्रकाश अधिकारीले हातपात गरेका थिए। सोही क्रममा विद्यार्थी नेता गोविन्द मल्लमाथि समेत कुटपिट भएको जनाइएको छ। कुटपिटमा संलग्न व्यक्तिहरू नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता रहेको पार्टीको दाबी छ।
वडा सदस्य ओलीमाथि बाटोमै घेराबन्दी यसैगरी, मुसिकोट नगरपालिका–९ अदुवारी नजिक वडा सदस्य ओपेन्द्र कुमार ओली हिलगाउँतर्फ जाँदै गर्दा स्थानीय खिमलाल ओली, यामलाल ओली, गोविन्द ओली र देविलाल ओलीले बाटोमै घेराबन्दी गरी कुटपिट गरेका थिए। पार्टीका अनुसार खिमबहादुर ओली, यामलाल ओली र देविलाल ओली नेकपा एमालेका तथा गोविन्द ओली प्रगतिशील लोकतान्त्रिक पार्टीका स्थानीय कार्यकर्ता हुन्।
निर्वाचन प्रभावित पार्ने षड्यन्त्र भएको आरोप आसन्न निर्वाचनलाई लक्षित गर्दै शान्तिपूर्ण र भयरहित वातावरण विथोल्ने उद्देश्यले यस्ता गतिविधि गरिएको नेकपाको ठहर छ। पार्टीले घटनाको घोर निन्दा र भर्त्सना गर्दै दोषीमाथि हदैसम्मको कानुनी कारबाही गर्न प्रशासनसँग जोडदार माग गरेको छ।
यदि यस्ता गतिविधि दोहोरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने जिल्ला निर्वाचन परिचालन समिति संयोजक वसन्त कुमार शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।