सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा भोलिलाई पनि कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले शनिबार साँझ नयाँ सूचना निकालेर भोलि(आइतबार) पनि कर्फ्यु आदेश निरन्तरता दिएका छन् ।
सूचनाअनुसार आज दिउँसो १ बजेदेखि लागू भएको कर्फ्यु बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेपछि साढे ८ बजेसम्म कर्फ्यु खुकुलो पारिएको छ । सो अवधिमा पनि कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ ।
फेरि बिहान साढे ८ बजेदेखि नै अर्को आदेश जारी नभएसम्म पुन: कर्फ्यु लागू रहने सूचनामा उल्लेख छ । कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।
कर्फ्यु लागू हुने क्षेत्रमा पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालय कायम गरिएको छ ।