सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको पवित्र महिना रमजान बिहीबारदेखि सुरु भएको छ। आत्मसंयम, इबादत, दया र मानव सेवाको सन्देश बोकेको यस महिनामा विश्वभरका मुस्लिम समुदायले रोजा (उपवास) बसेर अल्लाहको आराधना गर्ने परम्परा छ।
रमजान महिनामा बिहान सूर्योदयअघि सहरी र साँझ सूर्यास्तपछि इफ्तार गर्दै रोजा खोल्ने गरिन्छ। यस अवधिमा कुरआन पाठ, नमाज, दान–पुण्य र आपसी सद्भावलाई विशेष महत्व दिइन्छ।
धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश फैलाउने रमजानले समाजमा शान्ति, करुणा र सदाचारको भावना बलियो बनाउने विश्वास गरिएको छ।
यस पवित्र अवसरमा सबै मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक रमजान (रोजा) मुबारक।