सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्रको रुपमा भिजन-१० सार्वजनिक गरेको छ । जनकपुरमा चुनावी सभा गर्दै सभापति गगनकुमार थापाले सार्वजनिक गरेका हुन् ।
भिजन-१० मा कांग्रेस भएर बाँच्ने नेपालदेखि समुन्नतिमा लम्किने नेपालसम्मको परिकल्पना गरिएको छ ।
यस्ता छन् भिजन-१०
१ कांग्रेसको भएर बाँच्ने नेपाल
२ सपना देख्न सक्ने नेपाल
३ सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४ पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५ ओखती र ओत दिने नेपाल
६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८ भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल
९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१० समुन्नतिमा लम्कने नेपाल