अत्यन्तै जरुरी ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाएको रवि लामिछानेको दाबी

मंगलबार, फागुन ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले अत्यन्तै जरुरी ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाएको दाबी गरेका छन् ।

चितवन–३ मा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले चितवनबाट भएको क्रान्तिलाई निर्णयमा बदल्नका लागि सोवितालाई उम्मेदवार बनाएको बताए ।

र, उक्त निर्णय सिंगो पार्टीको नै रहेको लामिछानेले बताए । ‘चितवन त्यस्तो ठाउँ जहाँबाट रगतको थोपो नबगी क्रान्तिको बिगुल फुक्यो । सोविता चितवनमा आउनका लागि ठूलो कारण छ । किनकी चितवनमा क्रान्ति छ,’ लामिछानेले भने, ‘त्यो क्रान्तिलाई निर्णयमा बदल्न सोविता चितवन आउन जरुरी थियो । सोवितालाई चितवनमा ल्याउने निर्णय सिंगो रास्वपाको हो ।’

सोविता एउटा नाममात्रै नभइ अहिलेको पुस्तालाई प्रेरणा दिने साहसी महिला भएको रविको भनाइ छ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्