भेरी नगरपालिका–१, जाजरकोटमा बम फेला

नेपाली सेनाद्वारा एक बम डिस्पोज, अर्को निष्क्रिय पार्ने तयारी
मंगलबार, फागुन ५, २०८२

जाजरकोट — जाजरकोट जिल्लाको भेरी नगरपालिका–१ मा शंकास्पद बम फेला परेको छ। सूचना पाएलगत्तै घटनास्थल पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले एक बम सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) गरिसकेको छ भने अर्को बम डिस्पोज गर्ने तयारी भइरहेको छ।

स्थानीयवासीको सुरक्षालाई ध्यानमा राख्दै घटनास्थल आसपासको क्षेत्र घेराबन्दी गरिएको छ। बम कसले, किन र कहिले राखेको हो भन्ने विषयमा सुरक्षा निकायले गहिरो अनुसन्धान अघि बढाएको जनाएको छ। हालसम्म कुनै मानवीय क्षति नभएको सुरक्षा स्रोतले जानकारी दिएको छ।635140882_1397788969027792_7454010744167050770_n-1771303008.jpg

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्