सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई चितवन-२ का मतदाताले जेनजी आन्दोलनका बेला जेलबाट निस्किएको प्रसंग निकालेर अप्ठेरो प्रश्न गरेका छन् । जेलबाट कैदीबन्दी निकाल्न तपाईँले नेतृत्व गर्नुभएको हो ? भन्ने प्रश्नलाई रविले पनि संयमित र तर्कपूण जवाफ दिए ।
सहकारी ठगीसम्बन्धी मुद्दामा नख्खु कारागारमा रहेका रवि भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा निस्किएका थिए । आलोचकहरूले रवि जेलबाट भागेको आरोप लगाउने गरेका छन् भने रास्वपाले उनलाई जेल प्रशासनले नै पत्र थमाएर बाहिर निकालेको दावी गर्दै आएको छ ।
आज आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोका क्रममा एक प्रौढ नागरिकले रविलाई सोधे, ‘जेन-जी आन्दोलनका क्रममा धेरै कैदीबन्दीहरू जेलबाट निस्किए । तपाईं पनि निस्किनुभयो । तपाईँले नै कैदी निकाल्ने कार्यको नेतृत्व गर्नुभएको चर्चा छ, त्यो कति सत्य हो ?’
२४ गतेको घटनालाई लिएर सबैभन्दा पहिले छानबिन आयोगमा जवाफ दिन गएको म हो । म जेलभित्र बसेको मान्छेलाई आयोगले बोलाएपछि गएर सबै बताए । मेरो बयानपछि जाँचबुझ आयोगका अध्यक्षले यसमा रवि लामिछानेको गल्ती रहेनछ भनेर अन्तर्वार्तामा बोल्नुभएको मैले जेलभित्रै हेरेँ । मेरो के पहुँच थियो र ? जेलभित्र ५-६ वटा फलामे ढोकाभित्र बसेको थिएँ । तर, पनि दोष मेरो टाउकोमा हालेकाले बयान दिएँ । छानबिनको रिपोर्ट आउला । अध्यक्षले रवि लामिछाने दोषी होइन रहेछन् भनिसक्नुभयो । जेलरले पनि उहाँले त जेल जोगाएको हो भनेर बोल्नुभएको रहेछ । मभन्दा एक किलोमिटर पर बसेका नेतालाई हेलिकप्टरबाट भगाइयो । उनीहरू असुरक्षित भएर भागे, म सुरक्षित स्थानबाट लखेटिएँ । जेलभित्र बसेको मान्छेलाई जबरजस्ती ‘जा’ भनेर पत्र थमाएपछि के गर्ने ? मलाई बाहिर आगो लगाइरहेको भीडमा पठाइयो । जेलभित्र बसेको मान्छेको कैदी भगाउने क्षमता हुन्छ कि हुँदैन होला ? विना आग्रह-पूर्वाग्रह मैले हजुरकै विवेकमा छोडिदिएँ ।’