सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादीहरू शुक्रबार त्रिभुवन विमानस्थल जाने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता लगायत राजावादी अभियानमा संलग्न विभिन्न व्यक्तिहरु शुक्रबार मध्याह्न विमानस्थल पुग्ने भएका हुन्।
काठमाडौं प्रशासनले त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। त्यसका बाबजुद पनि राप्रपाका नेताहरूले विमानस्थलमा पूर्वराजालाई स्वागत गर्न विमानस्थल जाने निश्चित भएको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।
प्रवक्ता श्रेष्ठले पूर्वराजालाई स्वागत गर्न मध्याह्न १२ बजे आसपास भेला हुने बताएका छन्।