पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएपछि पहिलो पटक बंगलादेशमा निर्वाचन

बिहीबार, माघ २९, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएपछि पहिलो पटक बंगलादेशमा निर्वाचन हुँदै छ । नयाँ सरकार गठनका लागि सुरू भएको मतदान अपराह्न साढे ४ बजेसम्म जारी रहने छ ।

बीबीसीका अनुसार १२ करोडभन्दा बढी बंगलादेशी नागरिक मतदानमा भाग लिँदै छन् । सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताबाट हटाएका थियो ।

हसिना देश छोडेर भागेपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

आन्दोलनका क्रममा झण्डै १४ सय प्रदर्शनकारीहरूको मृत्यु भएको थियो । गत नोभेम्बरमा बंगलादेशको एक अदालतले मानवताविरूद्धको अपराध मामिलामा पूर्वप्रधनमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

उनको पार्टी अवामी लिगमाथि निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको छ । निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी र इस्लामी दल जमात–ए–इस्लामीबीच प्रतिष्पर्धा छ । जमात–ए–इस्लामीले विद्यार्थी आन्दोलनबाट उदाएको एक पार्टीसँग गठबन्धन गरेकोछ  ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्