कलाकार सुनिल थापाको निधन

शनिबार, माघ २४, २०८२

काठमाडौं । कलाकार सुनिल थापाको निधन भएको छ । आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।

उनका आफन्त अस्पतालमा आइनपुगेकाले अस्पतालले औपचारिक घोषणा गरेको छैन । स्रोतका अनुसार आफन्त आएपछि मात्रै घोषणा गर्ने तयारी अस्पतालले गरेको छ ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार