नेपालगन्ज विमानस्थल आकस्मिक रूपमा बन्द, गायिका एलिना चौहानको भुरीगाउँ कार्यक्रम स्थगित

मंगलबार, माघ २०, २०८२

नेपालगन्ज l नेपालगन्ज विमानस्थल आकस्मिक रूपमा बन्द भएपछि चर्चित गायिका एलिना चौहान सवार जहाज काठमाडौं फर्किन बाध्य भएको छ। यही कारणले आज हुने तय गरिएको भुरीगाउँको सांगीतिक कार्यक्रममा उनी उपस्थित हुन नसकेको जनाइएको छ।

एलिना चौहानले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनिन्,

“नेपालगन्ज एयरपोर्ट आकस्मिक रूपमा बन्द हुँदा हाम्रो फ्लाइट काठमाडौं फर्किनु पर्यो। यस कारण आज भुरीगाउँको कार्यक्रममा सहभागी हुन सकिनँ। यो पूर्ण रूपमा एयरपोर्ट/प्राविधिक समस्या भएकाले मेरो नियन्त्रणभन्दा बाहिरको विषय हो।”

उनले कार्यक्रमका लागि लामो समयदेखि पर्खिरहेका दर्शक, आयोजक तथा माया गर्ने सम्पूर्ण मनहरूसँग क्षमायाचना समेत गरेकी छन्।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार