कर्णालीका हिमाली जिल्लामा यस हिउँदमा पहिलोपटक हिमपात

शनिबार, माघ १०, २०८२

नेपालगन्ज l कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा पनि यस हिउँदमा पहिलोपटक हिमपात भएको छ। गएरातिदेखि कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा हिमपात भएको हो। हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन भने कष्टकर भएको छ। 

हुम्लाको सिमकोट, जुल्लाको चन्दननाथ, मुगुको पर्यटकीयस्थल राराताल र डोल्पाको शे-फोकशुण्डो क्षेत्र यतिबेला हिउँले ढाकिएको छ। 

कर्णाली र सुदूरपश्चिमका धेरै पहाडी र हिमाली जिल्लामा गएरातिदेखि हिमपात सुरु भएको जल तथा मौसम विभागले जनाएको छ। अहिले कर्णाली र सुदूपश्चिमको पहाडी भूभागको आकाश बादलले ढाकिरहेको छ।

हिमपात भएका क्षेत्रमा बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन्। हिमपात हुँदा कोदो, चिनु, फापरलगायत हिउँदे बाली सप्रिने आशमा हिमाली जिल्लाका किसानहरू उत्साहित भएका छन्। 

 

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्