जाजरकोटबाट राष्ट्रिय मञ्चसम्म: कर्णालीकी सुमी खड्का ‘द स्पिकिङ टाइटन’ फाइनलमा

बिहीबार, पुस १७, २०८२

नेपालगन्ज l कर्णाली प्रदेशको जाजरकोटबाट उदाएकी सुमी खड्काले राष्ट्रिय स्तरको चर्चित रियालिटी शो ‘द स्पिकिङ टाइटन’ को टप–६ फाइनलिस्टमा स्थान सुरक्षित गरेकी छन्।

हाल चार्टर्ड एकाउन्टेन्सी (CA) अध्ययनसँगै पेशागत जीवनमा पनि सक्रिय खड्का कर्णाली प्रदेशबाट फाइनलसम्म पुग्ने एकमात्र प्रतिस्पर्धी बनेकी छन्। यस सिजनमा डिजिटल अडिसनमार्फत ३ हजारभन्दा बढी प्रतिस्पर्धी सहभागी भएका थिए।

खड्काले ती सबैलाई पछि पार्दै डिजिटल अडिसन, फिजिकल अडिसन, सर्वाइवल राउन्ड, ‘कठिन परीक्षा’ लगायतका चुनौतीपूर्ण चरणहरू सफलतापूर्वक पार गरिन्। टप ५० → टप ३० → टप २० → टप १५ → टप १० हुँदै अन्ततः टप–६ (ग्रान्ड फिनाले) मा पुग्न उनी सफल भएकी हुन्।

यस यात्राको सबैभन्दा गर्विलो पक्ष के हो भने— यो सिजनको फाइनलमा कर्णाली प्रदेश तथा जाजरकोट जिल्लाबाट प्रतिनिधित्व गर्ने एकमात्र आवाज सुमी खड्का नै हुन्।

कर्णालीलाई आज पनि अविकास, गरिबी, अवसरको कमी र अशिक्षासँग जोडेर हेर्ने प्रवृत्ति रहँदै आएको छ। तर यसपटक खड्काको सशक्त आवाजले ती पूर्वधारणालाई चुनौती दिँदै कर्णाली पनि राष्ट्रिय मञ्चमा बुलन्द हुन सक्छ भन्ने सन्देश देशभर फैलाइरहेको छ।

फाइनलअघि प्रतिक्रिया दिँदै खड्काले भनिन्,

“कर्णालीका युवाहरू पनि सपनासहित उठ्न सक्छन् भन्ने देखाउन पाउनु मेरो गर्व हो।
कर्णालीले पनि राष्ट्रिय मञ्चमा आफ्नो आवाज राख्न सक्छ भन्ने प्रमाण बन्न पाउँदा म गौरवान्वित छु।”

फाइनल नजिकिँदै जाँदा खड्का देशभरबाट समर्थन र भोटको अपील गरिरहेकी छन्।
उनको भनाइ छ—

“यो मेरो मात्र जित होइन,
यो कर्णालीको जित हो।
यो जाजरकोटको जित हो।
मलाई जिताउनु भनेको कर्णालीलाई आवाज दिनु हो।”

फाइनलमा पुग्नु आफैंमा कर्णालीका लागि ऐतिहासिक उपलब्धि बनिसकेको छ। अब सारा देशको नजर एउटै प्रश्नमा केन्द्रित छ— के जाजरकोटका डाँडाबाट उठेको यो आवाज राष्ट्रिय शीर्षक बनेर प्रतिध्वनित हुनेछ ? उनलाई Aventoz App, esewa, khalti, वा direct QR मार्फत   भोट गर्न सकिने छ ।Sumi_Khadka_cWEFgqnExl-1767260325.jpg

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कविता : बाआमा
बिहीबार, पुस १७, २०८२

कविता : आफैंसङ्ग प्रश्न
बिहीबार, पुस १७, २०८२

गरौं योग ध्यान
बिहीबार, पुस १७, २०८२