सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
नेपालको समूहमा रहेको इंग्ल्यान्डले आगामी फेब्रुअरी र मार्च महिनामा भारत र श्रीलंकामा हुने टी२० विश्वकप क्रिकेट खेल्ने टोली घोषणा गरेको छ।
नेपाल, वेस्ट इन्डिज, बंगलादेश र इटाली सम्मिलित ग्रुप सीमा रहेको इंग्ल्यान्डले १५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो।
घोषित टोलीमा ह्यारी ब्रुक, रिहान अहमद, योफ्रा आर्चर, टम ब्यान्टन, ज्याकब बथल, जस बटलर, साम कुरान, लियाम डसन, बेन डकिट, विल ज्याक्स, ज्यामी ओभरटन, आदिल राशिद, फिल साल्ट, जस टंग र ल्युक वुड रहेका छन्।
इंग्ल्यान्डले फेब्रुअरी ८ मा भारतको मुम्बईमा नेपालसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। विश्वकपअघि इंग्ल्यान्डले श्रीलंकामा तीन एक दिवसीय अन्तर्राष्ट्रिय र तीन टी२० खेल खेल्नेछ।
यो ग्रुपका सबै खेल भारतको कोलकाता र मुम्बईमा हुनेछ।