लैङ्गिक हिंसा निवारण कोष स्थापना

मंगलबार, पुस १५, २०८२

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले लैङ्गिक हिंसामा परेका महिला, किशोरी तथा बालबालिकालाई उद्धार, राहत र सहयोग गर्न लैङ्गिक हिंसा निवारण कोष स्थापना गरेको छ । नगरपालिकाले लैङ्गिक हिंसा निवारण कोष कार्यविधि, २०८२ पारित गरेर कोष स्थापना गरेको हो । उक्त कोषमा हाललाई एक लाख रुपियाँ राखिएको छ । 

कोषबाट लैङ्गिक हिंसामा परेका महिला, किशोरी तथा बालबालिकाको उद्धार गर्ने, राहत र सहयोगका लागि सीप विकासका लागि आवश्यक बिउपुँजीसमेत प्रदान गरिने छ ।

कोष कार्यान्वयनबारे सोमबार आयोजित छलफलमा सरकारी, विकास साझेदार संस्थाबाट रकम थप गरी बढाउनुपर्ने सुझाव पनि दिइएको छ । गोरखापत्र अनलाइन

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्