रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट, १ जनाको मृत्यु, ६ कामदार घाइते

शनिबार, पुस १२, २०८२

रौतहटको कटहरिया नगरपालिका-९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ कामदार घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार आज बिहान भएको ब्वाइलर विस्फोटमा सोही नगरपालिका-९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको हो।

घटनामा ६ जना घाइते भएका छन्। सबै घाइतेका हातखुट्टा जलेका छन्। उनीहरूलाई उपचारका निम्ति वीरगन्ज पठाइएको छ।

विस्फोटको कारण स्पष्ट भएको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्