सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
हाल (शुक्रबार बिहान) तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागिरहेको जानकारी दिँदै त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
महाशाखाका अनुसार त्यसबाहेक गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसम भने यतिबेला आंशिक बदली (आकाशमा थोरै बादल) छ।
मौसम महाशाखाले आज बिहान ८ बजे चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘देशका तराई भूभागमा हुस्सु/कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ।’
मौसमविद्का अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ। रासस