सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
नेपालगञ्ज । पश्चिम तराईका जिल्लामा हुस्सु–कुहिरो लागेको छ । हुस्सु-कुहिरोले पश्चिमका केही जिल्लामा हवाई सेवा प्रभावित भएको छ ।
हुस्सु–कुहिरोले खासगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा भिजिबिलिटी (दृष्यता) कमजोर हुँदा हवाई सेवा प्रभावित भएको हो । दृष्यताको हिसाबले सबैभन्दा धेरै भैरहवा प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार आज बिहान ५:४५ बजेको तथ्यांकमा भैरहवाको भिजिबिलिटी १ सय मिटर मात्रै छ ।
यस्तै कैलालीको धनगढी र धनुषाको जनकपुरमा ५०० मिटरसम्म भिजिबिलिटी छ । मोरङको विराटनगरमा १ हजार, बाँकेको नेपालगञ्जमा १ हजार २ सय र काठमाडौंमा ६ हजार मिटरसम्म भिजिबिलिटी छ । दिउँसोपख हुस्सु कुहिरो क्रमश: घट्दै जाने मौसमविद महर्जन बताउँछिन् ।