सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट । अपाङ्ग भएका बालबालिकाका अभिभावकहरुलाई आत्मनिर्भर बनाउन लक्ष्य गर्दै छेडागाड नमूना युवा विकास केन्द्रले बेमौसमी तरकारी उत्पादन तथा बीउ वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम केन्द्रका अध्यक्ष दिपक खत्रीको नेतृत्वमा, ल्ल्क्ध्ब् को आर्थिक सहयोग र छेडागाड नगरपालिकाको सहकार्यमा सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागी भएका अपाङ्ग बालबालिकाका अभिभावकलाई कसरी तरकारी उत्पादन गर्ने, बीउ रोप्ने विधि र उत्पादन प्रक्रिया सम्बन्धी व्यावहारिक प्रशिक्षण दिइएको थियो ।
कृषि शाखाका चन्द्र भारतीले सहभागीहरुलाई तरकारी खेतीका लागि आवश्यक तयारी, बीउ रोप्ने तरिका, रोग–कीरा व्यवस्थापन, उत्पादन बढाउने उपाय लगायतका विषयमा प्रशिक्षण दिएका थिए । उनले यस्ता सीपले अभिभावकलाई आर्थिक रूपमा सक्षम बनाउन तथा जीवन निर्बाह मुखी बनाउन सहयोग पुग्ने बताए ।
अध्यक्ष दिपक खत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै, “अपाङ्ग भएका बालबालिकाका परिवारलाई हाम्रो संस्थाले सधैं आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्दै आएको छ । आवश्यक परेमा सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय गरी थप सहयोग जुटाउने प्रतिवद्धता लिएका छौँ,” भने े। उनले भविष्यमा पनि लक्षित वर्गलाई अझ बढी सशक्त बनाउन थप कार्यक्रम ल्याइने जानकारी दिए ।
छेडागाड नमूना युवा विकास केन्द्रले विगतका दिनदेखि नै युवा तथा बालबालिकाको हकहितमा विभिन्न कार्यक्रम गर्दै आएको छ । साथै दलित, महिला, अपाङ्ग, पीडित समुदाय लगायत समाजमा रहेका कुरीति र कमजोरीलाई हटाउन सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संस्थाले समाजमा हुने असमानता, विभेद र कुरीतिविरुद्ध जनसहभागिता बढाउँदै आएको छ भने लक्षित समुदायलाई आत्मनिर्भर जीवन यापनमा अघि बढाउन विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा सहभागी अभिभावकहरुले यस्ता तालिम तथा बीउ वितरण कार्यक्रमले आफूलाई आर्थिक गतिविधि बढाउन, आत्मनिर्भर बन्न र बालबालिकाको भविष्य उज्ज्वल बनाउन प्रेरणा दिएको प्रतिक्रिया व्यक्त गरेका छन् ।
छेडागाड नमूना युवा विकास केन्द्रले आयोजना गरेको यो कार्यक्रमले अपाङ्ग बालबालिकाका अभिभावकलाई थप उत्साह र आत्मबल दिएको छ । संस्थाले अघि सारेका यस्ता कार्यक्रमले समाजमा पीडित वर्गलाई आत्मनिर्भर बनाउन ठुलो योगदान पुर्याउने विश्वास गरिएको छ ।