सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बाँके । कोहलपुर २ स्थित मनकामना पब्लिक एकेडेमी स्कूलले कोहलपुर स्थित विभिन्न कार्यालयका महिला कार्यालय प्रमुख तथा महिला उच्च पदस्थ महिला अधिकारीहरुसँग एकदिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा महिलाहरुलाई सामाजिक क्षेत्रका विभिन्न तहमा नेतृत्वमा पुर्याउन महिला तथा पुरुषले गर्नुपर्ने योगदानको बारेमा छलफल भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा लुम्बिनी प्रदेश सभाको संसद बसन्ती अधिकारी, विशेष अतिथि कोहलपुर नगर उपप्रमुख संगीता सुवेदी, ईलाका प्रहरी कार्यलय कोहलपुरको प्रमुख लक्ष्मी खनाल, वडा नम्बर ११ को अध्यक्ष कल्पना अधिकारी, कोहलपुर नगर शिक्षा शाखा अधिकृत शिला गौतम लगायतको उपस्थिति रहेको थियो । प्रमुख अथिती बसन्ती अधिकारीले पानशमा बत्ती बाली र बिशेष अथिती संगीता सुबेदीले बिरुवामा पानी हालेर कार्यक्रमको उदघाटन गरेका थिए कार्यक्रममा सबै जना अतिथिले आफ्नु जीवनको अनुभव सुनाएका थिए भने कार्यक्रमको अध्यक्षता मनकामना पब्लिक एकेडेमी स्कूलको अध्यक्ष ओम प्रकाश चापागाईले गरेका थिए ।
कार्यक्रम होटल दिभाईन् डिशमा सम्पन्न भएको हो ।