सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बाँके । नेकपा माओवादी केन्द्रका नेता प्रशान्तले क्रिकेटर खेलाडी अनुज चनाराको सपनालाई जोगाउन सबैसँग सहयोगको आग्रह गरेका छन ।
माओवादी केन्द्र कर्णाली प्रदेश सचिवालय सदस्य प्रशान्तले क्रिकेटर खेलाडी चनाराको आर्थिक अभाव, परिवारको गरिवीको पीडा, बुवाको स्वास्थ्य अवस्था गम्भिर हुँदा खेल यात्रा जोखिममा परेकाले सबैलाई सहयोग गर्न आग्रह गरेको लालआवाजलाई बताए ।
नेपाली क्रिकेटर खेलाडी अनुज चनारा जाजरकोट जिल्ला नलगाड नगरपालीका वडा न ५ चारगाउँका स्थायी बासिन्दा हुन भने नेता प्रशान्त पनि सोही गाउँका बासिन्दा हुन । अनुजको चर्चा परिचर्चा यसअघि पनि भएको छ । लामो समय भारत र नेपालका विभिन्न ठाउँमा बसेर अनौपचारिक र औपचारिक तालिम र खेल खेल्दै आएका उनी विगत ६/७ वर्ष देखि चितवनमा बसेर औपचारिक तालिम गरिरहेका छन ।
कर्णाली प्रदेशकै पहिचाहन बोकेका अनुज चनारा नेपालकै गौरव बन्न सक्ने क्षामता बोकेका युवा हुन । उनले यो यात्रामा चरम आर्थिक अभाव, परिवारको गरिवीको पीडा, बुवाको स्वास्थ्य अवस्था गम्भिर हुँदाका विचमा पनि आफ्नो सपना अहिलेसम्म जोगाई रहेका छन । उनको घरको अवस्था अति नाजुक छ । बाबु लोटेर छातिका ४ करंग भाँचिएर थला परेका छन । आमाले मेलापात गरेको सानो कमाई घरको नुन तेल नै पुग्दैन । तर पनि अनुज कहिले भोकै त कहिले भात मात्र खाएर खेल खेल्दै छन ।
चर्चित क्रिकेटर अनुजको गरिवी र अभावले सपना अधुरै रहने जस्तो भयो नेपाली टीमको सपना अनि राष्ट्रिय टिमको जर्सी लगाउने रहर । तर चरम गरिवी र अभावमा पनि उनिमा त्यो सपना .जिउँदै छ । अब विदेशिनु उनको वाध्यता अन्तिम छ ।
तर पनि अनुजको सपना जोगाउन सबैको सानो सहयोगले ठूलो परिवर्तन हुन सक्छ र सम्बन्धित निकाय र सहयोगी मनहरुलाई सहयोग गर्न आग्रह गर्दछु, नेता प्रशान्तले भनेका छन । अनुजले अन्तिम अवस्था भयो भनेर आँशु खसाल्दै कुरा गरेकाले आफु पनि भावुक बनेको उनले बताए ।