गोली चलाएर प्रहरीले समात्यो लागुऔषध कारोबारी

बुधबार, साउन २८, २०८२

काठमाडौं । धनुषामा गोली चलाएर प्रहरीले लागुऔषध कारोबारी समातेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पप्पु साह नाम गरेका एक पुरुष र एक महिला छन् । उनीहरूबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको छ ।

पप्पुको दाहिने खुट्टामा गोली लागेको प्रहरी स्रोतले बतायो । मिथिला नगरपालिका–२ मा प्रहरीले गोली चलाएर उनीहरूलाई पक्राउ गरेको हो ।

ब्युरोका इन्स्पेक्टर रोकश यादव, वरिष्ठ सई बालकृष्ण सन्जेलसहितको टोली ब्युरोबाट खटिएको बताइएको छ । अनलाइनखबर

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्