अन्तर्राष्ट्रिय आध्यात्मिक यात्रा अत्यन्तै फलदायी : एलपी भानु शर्मा

मंगलबार, साउन २७, २०८२

बाँके । यसपटकको झण्डै दुई महिना लामो अन्तर्राष्ट्रिय आध्यात्मिक यात्रा अत्यन्तै फलदायी, युगान्तकारी र आल्हादकारी रहेको जीवन विज्ञान विशेषज्ञ एलपी भानु शर्माले बताएका छन ।

एसिया, अमेरिका र यूरोपका ६ देशमा गरी ५० भन्दा बढी साना–ठूला कार्यक्रमहरू सम्पन्न भएको शर्माले बताएका छन । त्यसमध्ये अमेरिकाको लस एन्जलसको ऐश्वर्य विज्ञान र भर्जिनायामा भएका चक्र, बोध, लय र प्रशिक्षक प्रशिक्षण लगायतका लामा कार्यक्रमहरू परम रूपान्तरणकारी र ऐतिहासिक भएको जीवन विज्ञान विशेषज्ञ शर्माको भनाइ छ ।512590073_1151184337046006_2962163904849728037_n-1755005507.jpg
 नेपाल बाहिर पहिलोपटक ४७ जना प्रशिक्षक कल्याणमित्रहरु उत्पादन गर्ने कार्य भएको र जसको माध्यमबाट अब अंग्रेजी सहित विदेशी भाषाहरूमा धेरै तालीमहरू सन्चालन गर्ने क्षमता जन्मिएको छ । 
प्राध्यापक, चिकित्सक, मनोचिकित्सक, नर्स र व्यवसायी लगायतका व्यक्तिहरूले पूर्वीय अध्यात्मलाई जरैबाट आत्मसात गरेर विश्वभरी फैलाउने दिशामा आफ्नो पहिलो संकल्प र तालीम पूरा गरेको शर्माले बताएका छन । विभिन्न विशवविद्यालयका बरिष्ठ प्राध्यापकहरू तथा शिक्षाविद्हरूलाई अंग्रेजीमा Academic Wellness को तालीम पनि अत्यन्तै प्रभावकारी रहेको शर्माले जानकारी दिएका छन । 

प्रवासमा रहेका नेपालीहरू र स्थानीय व्यक्तिहरूका माझ गरिएका कार्यक्रमहरूले पूर्वको आध्यात्मिक विज्ञान र पश्चिमको भौतिक विज्ञानबिचको मिलनबिन्दु भेटिएको अनुभव गरेको जीवन विज्ञान विशेषज्ञ एलपी भानु शर्माले बताएका छन ।

 । रोग, तनाव, र अशान्तिले ग्रस्त विश्व जनसमुदाय माझमा नेपालबाट जन्मिएको आध्यात्मिक ज्ञानले स्पष्ट समाधान दिने देखिएको समेत उनको भनाइ छ ।524223296_1176597444504695_5230481971613660410_n-1755005533.jpg
 नेपालले अब आफ्नो वैदेशिक र आर्थिक नीतिमा पुनरावलोकन गर्नु पर्ने छ । विशेष गरी, आरोग्य पर्यटनतिरको नेपालको यात्रा अब द्रूत गतिमा अघि बढाएमा नेपालको समृद्धि र विश्वको शान्ति एकसाथ अभिवर्धन हुने कुरा छर्लंग भएको छ । हामी व्यक्तिको रूपमा मात्र होईन, समग्र मातृभूमी नेपाल नै हाम्रो माध्यमबाट विश्वभर पुगिरहेको लागेको छ शर्माले भनेका छन  ।

हजारौं वर्षदेखिको शान्ति र चोतर्फी समृद्धिले भरिएको विश्व देख्ने हाम्रा पुर्खाहरूको सपना साकार हुने आभास प्राप्त हुंदै गरेको उनी बताउछन । विश्वभर रहेका जीवन विज्ञानका कार्यालयहरू र साधक एवं शुभचिन्तकहरूप्रति जति अनुग्रह व्यक्त गरे पनि कम हुने जिवन विज्ञान विशेषज्ञ शर्मा बताउ छन । उनी भन्छन्,गर्न धेरै बांकी छ, तर बाटो स्पष्ट छ !522789953_1174937374670702_8766711776538194302_n-1755005562.jpg
 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १९:१८
प्रतिक्रिया दिनुहोस्