छेडागाडको स्वडारीमा एक घर एक धारा निर्माणपछि स्थानीय खुशी

बुधबार, साउन ७, २०८२

जाजरकोट । छेडागाड नगरपालिकाको स्वडारीमा अब खानेपानीको समस्या समाधान भएको छ । एक घर एक धारा निर्माण सम्पन्न भएपछि खानेपानीको समस्या समाधान भएको हो ।

खानेपानीका धारा निर्माण सँगै स्थानीय खुशी भएका छन । स्वडारीमा ममर्त तथा सेवा विस्तार खानेपानी आयोजनाको उदघाटन नगर उपप्रमुख चन्द्र वहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत हेम कुमार ढकालले गरेका थिए ।

यसैगरी कार्यक्रममा १२ का वडाध्यक्ष प्रेम वहादुर खत्री, योजना शाखाका विष्णु प्रसाद शर्मा, हेल्भेटास प्रतिनिधि निरिमा थापा, पहाडी क्षेत्र विकास अभियान सचिव गणेश प्रसाद जैसी र लोक वहादुर वोहोरा लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।af98d59b-b5b7-4f59-8f0f-822c743758f1-1753286706.jpgउक्त आयोजना हेल्भेटास नेपाल को २८९३३५६.८५, छेडागाड नगरपालिकाको १४९३९७६.५६ र जनश्रमदान २५९२०३० जम्मा रू ६९७९३६३.४१ को लागतमा सम्पन्न भएको हो । १ सय १२ घरधुरीमा एक घर एक धारा सँगै मिटर बकस  जोडिएको छ । ४० प्रतिशत उपभोक्ताहरूवाट जनश्रम दान समेत भएको थियो ।

धारा निर्माण सँगै खानेपानीको समस्या समाधान भएको छ । सरसफाइ कार्यक्रम अन्तर्गत जेष्ठ सदस्य एवम् उपभोक्ता मन्दिर वस्नेतलाई फिल्टर वितरण गरिएको थियो ।e211d3d3-2b85-47e7-b43f-b7e554f76883-1753286730.jpgहेल्भेटास नेपाललाई उपभोक्ताको तर्फवाट कदर प्रमाण पत्र वितरण गरिएको थियो भने छेडागाड नगरपालिका र पहाडी क्षेत्र विकास अभियानलाई सामाजिक लेखा परिक्षण पश्चात कदर प्रमाण पत्र वितरण गरिने छ । कार्यक्रमको संचालन गोपाल वहादुर सिहले गरेको थिए भने अध्यक्षता उपभोक्ता समिति अध्यक्ष सुरेन्द्र वहादुर नेपाली गरेका थिए ।535a8c6a-3cda-40d3-b7af-4249c65a9efd-1753286758.jpg
 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  २१:५१
प्रतिक्रिया दिनुहोस्