सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बाँके । जाजरकोट कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी–बहिनीको घर माथिबाट आएको पहिरोले च्यापिदा मृत्यु भएको दुखद घटना प्रति अध्यक्ष हरिचन्द्र बस्नेतले शोक व्यक्त गरेका छन ।
गाउँपालिको तर्फबाट शोक विज्ञप्ति जारी गर्दै घटनाले आफु स्वयंम र कुशे गाउँपालिका परिवारलाई अत्यन्त मर्महात एवंम दुःखि बनाएको अध्यक्ष बस्नेतले बताएका छन ।
मृतक श्रमिला र चन्दाको आत्मले शान्ति पाओस भन्दै हार्दिक श्रद्धान्जली अर्पन गर्दछु र यो घडिमा शोक सन्तप्त परिवारमा परेको यो असह्य पिडालाई सहन गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु अध्यक्ष बस्नेतले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ ।
यस्ता अप्रत्यासित घटनाबाट सबै सजग रहि तत्काल राहत तथा उद्दार कार्यमा खटिन विपद उद्दार समिति, जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी तथा समाज सेवीहरुमा उनले आग्रह पनि गरेका छन ।
पहिरोमा परि मृत्यु भएका श्रमिला र चन्दा नर बहादुर बुढाका छोरीहरु भएको र उनीहरु कक्षा १० र ८ मा अध्ययनरत रहेको विज्ञप्तिमा उल्लेख छ ।