jumla 7 jumla 7
jumla 7 jumla 7

छेडागाड २ मा खानेपानी तथा सरसफाई (वहुउपयोगी) योजनाको अनुमगन तथा उदघाटन

बुधबार, असार ११, २०८२

जाजरकोट । छेडागाड नगरपालिका वडा नं २ मा खानेपानी तथा सरसफाई (वहुउपयोगी) योजनाको अनुमगन तथा उदघाटन भएको छ ।

naumule

ब्वासो लाग्ने जुम्लि रया खानेपानी तथा सरसफाई (वहुउपयोगी) योजना छेडागाड २ को अनुमगन तथा उदघाटन सम्पन्न भएको हो । हेल्भेटास नेपालको रु ७२२०८३२.३८ छेडागाड नगरपाालिकाको रु ३४१२१०१.९६ र उपभोक्ताको रु ३५१३०७९.३० जम्मा रु १४१४६०१० मा  १५० घरधुरीमा एक घर एक धारा निर्माण भई उपभोक्ताहरू लाभान्वित भएको खुसियाली सहित अनुमगन सम्पन्न भएको हो ।

छेडागाड कार्यपालिका सदस्य सम्झना विक २ का वडा सदस्य परे रावत र  जय वहादुर वुढा, हेल्भेटास नेपालका प्राविधिक विज्ञ राम वहादुर  श्रेष्ठ र अधिकृत  निरिमा थापा, पहाडी क्षेत्र विकास अभियान जाजरकोटका सचिव गणेश प्रसाद जैसीले सवैका सल्लाह सुझावमा अगामि दिनमा थप दिगोपना होस भन्ने शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम आयोजना अध्यक्ष वल वहालुर खडकाको अध्यक्षतामा भएको थियो ।59547ca6-1794-4267-8a4f-cc31ad193c3a-1750847954.jpg
 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्