jumla 7 jumla 7
jumla 7 jumla 7
अभिमुखिकरण

छेडागाड नगरपालिकामा आईपास नेपालको अभिमुखिकरण

बिहीबार, माघ २५, २०८०

माघ २५, जाजरकोट  । छेडागाड नगरपालिकामा आईपास नेपालको साझेदारिमा पास नेपाल सल्यान द्वारा सन्चालित स्थानिय परियोजना सल्लाहकार समितिलाई बुधबार १ दिने अभिमुखिकरण गरिएको छ ।

naumule

उक्त कार्यक्रमको सन्चालन स्वास्थ्य सहसयोजक दिपक खड्कले गरेका थिए भने कार्यक्रमको अध्यक्षता नगर प्रमुख रत्न खड्का र प्रमुख अतिथि नगर उपप्रमुख चन्द्र बहादुर थापा अथितिमा निमित्त प्रमुख प्रशासकीय अधिकृत गंग बहादुर रोकाय, पास नेपाल जिल्ला कार्यक्रम अधिकृत सम्झना घिमिरे लगायत थिए ।

कार्यक्रममा सबै वडा अध्यक्षहरु विषयगत शाखा प्रमुखहरुको पनि सहभागीता रहेको थियो । उक्त पास नेपाल सल्यान द्वारा सन्चालित कार्यक्रमले सुरक्षित गर्भपतन सेवा, परामर्श सेवा, प्रजनन अधिकार, मातृ तथा बाल मृत्युदर कम गर्ने, स्वास्थ्य कर्मिहरुलाई तालिम दिने सुरक्षित गर्भपतनको लागि संस्था सुचिकृत गर्ने कार्य गरिरहेको छ ।

साथै परिवार नियोजन सम्बन्धि सुरक्षित र प्रभावकारी सेवा दिने र स्थानिय सरकार स्वास्थ्य शाखा सँग समन्वयगरि कार्यक्रम कार्यन्वयन गर्ने कार्यक्रमको योजना पनि रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्