गीत

मंगलबार, असार ३, २०८२

बहुल जाति भाषा धर्म सँस्कृतिका धनि
अनेकतामा एकता छ बसेका छौ मिलि 

शिक्षा स्वास्थ्य कृषि सडक विकास विस्तार गरौँ 
विकासले छलाङ मारौँ शान्तिको बिगुल छरौँ 
  
खलङगाको टाकुरीमा  जाजरकोट दरबार 
ऐतिहासिक खडक हाम्रो पहिचाहन हो तरवार 

कालेगाउ मटेला रिसाङ उब्जने तरकारी 
दारा रिसाङ इब्रबाट आउछ दूध डेरी 

कृषि हाम्रो स्वास्थ्य राम्रो बनाउने हामी 
लगानीमा ध्यान दिउँ सम्भावना छानी 

मालिका र शिवालय धार्मिक देवालय 
खलङगामा उच्चशिक्षा  दिने शिक्षालय 

दक्षिणतिर भेरी नदि बग्छ सुसाउदै 
होलु जिउला धानका बाला झुल्छन लहलाउदै 

साङटा  चिमेरे भुमेश्वर जस्ता गुफा कति कति 
मनमोहित पर्यटकलाई   पार्ने छन आकृति 

लालिगुराँस सुनगाभा फु्ने छ  प्रकृति 
काफल लिउरो ऐसेलु र गुहेली पाउने अति 

हर्रो बर्रो चुत्रो कुरिलो पाउछ पाचऔँले 
जडिबुटि प्रशस्त छन् भेरीलाई चिनाउने 

जगतिपुरमा रहेको छ वायुघट्ट हाम्रो 
भेरीलाई बनाउ अब सबै मिलि राम्रो ।

 शब्द रचना : पार्वती थापा 
 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कविता : आफैंसङ्ग प्रश्न
मंगलबार, असार ३, २०८२

गरौं योग ध्यान
मंगलबार, असार ३, २०८२

कविता
मंगलबार, असार ३, २०८२