सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट । छेडागाड नगरपालिका वडा न.३ स्थित लमारा गोठी टोलमा एक घर एक धारा निर्माण भएको छ । लमारा गोठी टोलमा एक घर एक धारा निर्माण सम्पन्न भएपछि नगर उपप्रमुख चन्द्र बहादुर थापाले उदघाटन गरेका हुन ।
हेल्भेटास नेपाल र छेडागाड नगरपालिकाको आर्थिक सहयोगमा जाजरकोट स्थित पाहाडी क्षेत्र बिकास अभियानको प्राविधिक तथा सामाजिक सहजीकरणमा उक्त योजना सम्पन्न भएको हो ।
नेपालको संबिधानले प्रत्येक नागरिकले स्वच्छ पानी पिउन पाउनु पर्ने उल्लेख कार्यक्रम अन्तर्गत सोही योजना कार्यन्वन भएको बताइएको छ । बिहीबार उदघाटन तथा सार्वजनिक सुनुवाई कार्यक्रमको अध्यक्षता डाडां पधेरा लमारा खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष माधब कुमार बुढाले गरेका थिए भने छेडागाड नगरपालिकाका नगर उप– प्रमुख चन्द्र बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रमका अन्य अतिथिमा पहाडी क्षेत्र बिकास अभियान जाजरकोटका सचिब गणेश प्रसाद जैसी, छेडागाड नगरपालिकाका कार्यपालिका सदस्य देविसरा अधिकारी, तुल्सी शाही चन्द, नगरपालिकाका इन्जिनियर प्रेम प्रकाश केसी, योजना शाखा प्रमुख प्रेम बहादुर शाही, ३ नम्बर वडा प्राविधिक हरिहर अधिकारी, २ नम्बर वडा प्राबिधिक कृष्ण शर्मा रहेका थिए ।
सोही योजनाबाट खानेपानी प्रयोग गर्ने ८२ वटा (धारा) सम्पुर्ण लाभग्राहीको उपस्थितिमा उदघाटन गरिनुका साथै हेल्भेटास नेपाल द्वारा बिनियोजित रकम रु ३२६९४७४.९४ नगरपालिका बाट बिनियोजित रकम रु १५८८०६५.५५ जनश्रमदान रकम रु .१५९४९७९ कुल जम्मा ६४५२५२०.३२ सोही रकमको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिइएको छेडागाड नगरपालिका वडा नम्बर ३ का वडा प्राविधिक हरिहर अधिकारीले लालआवाज लाई जानकारी दिए ।