कामिरिता ३१औं पटक सगरमाथामा पुगे

मंगलबार, जेठ १३, २०८२

 काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औंपटक सगरमाथा आरोहण गरेका छन् । ५५ वर्षीय शेर्पाले मंगलबार बिहान ४ बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् ।

गएको वर्ष शेर्पाले २९ र ३० औं पटक आरोहण पूरा गरेका थिए । मंगलबार पनि सगरमाथाको शिखरमा पुगेर उनले ३१ औंपटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाको मुख्य पेशा पर्वतारोहण हो । उनी शेर्पा गाइडको रुपमा कार्यरत छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्