सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा बाढी पहिरोको कारण पत्ता लगाउन सरकारी टोली हुम्ला पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशील कुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली आज बिहान हुम्ला सुदरमुकाम सिमिकोट पुगेको हो ।
टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहाद्र जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा छन् । टोली आजै प्रभावित क्षेत्रमा जाने हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।