१२ घण्टामा सप्तरी, रौतहट, चितवन र कास्कीमा अति भारी वर्षा

सोमबार, जेठ ५, २०८२

काठमाडाैँ । पछिल्लो १२ घण्टामा सप्तरी, रौतहट, चितवन र कास्कीमा अति भारी वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीमा १२०.२ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग मौमस पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो  रोल्पा, कास्की, गोरखा, काठमाडाैँ (कीर्तिपुर), दोलखा र सर्लाही सहित मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा हल्का पानी परेको छ । 

महाशाखका अनुसार पछिल्लो १२ घण्टामा चितवनमा १ सय मिमिटर, रौतहटमा ११९.६, सप्तरी १०७ं.४ मिलिमिटर वर्षा मापन भएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्