jumla 7 jumla 7
jumla 7 jumla 7

धनगढीमा ग्यास सिलिन्डर विस्फोट, तीन जना घाइते

आइतबार, चैत ३, २०८१

धनगढी । धनगढी उपमहानगरपालिका-६ मटियारीमा ग्यास सिलिन्डर विस्फोट हुँदा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, मिना खड्काको घरमा सिलिन्डर जडान गर्ने क्रममा विस्फोट भएको हो।

naumule

घटनामा ३६ वर्षीया मिना खड्का, उनका २० वर्षीया छोरी चन्द्रा खड्का र ४० वर्षीय स्थानीय ग्यास व्यापारी गोविन्द जोशी घाइते भएका छन्। उनीहरूको हाल निसर्ग अस्पतालमा उपचार भइरहेको  र अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन्।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ०९:३८
प्रतिक्रिया दिनुहोस्