झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच मजदुरको मृत्यु

आइतबार, मंसिर १६, २०८१

दाङ । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आइतबार पाँच मजदुरको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको छ ।

निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएर उनीहरू पुरिएका  थिए । मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको थियो । पुल निर्माणमा सात मजदुर खटिएका थिए । पर्खाल भत्केको देखेपछि दुई जना भाग्न सफल भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज काग तिहार
आइतबार, मंसिर १६, २०८१

आजदेखि सुरु भयो तिहार
आइतबार, मंसिर १६, २०८१