दैलेख डिनद्वारा शुभकामना आदान प्रदान

आइतबार, असोज २०, २०८१

२० असोज, नेपालगन्ज । दैलेख डिनले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम  आयोजना गरेको छ । दशै तथा शुभ दिपावलीको अवसरमा कार्यक्रम आयोजना गरिएको डिन दैलेख कार्यसमितिका अध्यक्ष  हेमा खड्काले जानकारी दिइन । 

डिप्लोमा इन्जिनियरिङ्ग प्राविधिक विकासको मेरुदण्ड भएको र हरेक विकासमा प्राविधिक नभई सम्भव नहुने प्रमुख अतिथि संघीय सांसद सीता रानाले बताइन ।

उनले भनिन, ‘अहिलेको अवस्था हेर्ने हो भने यो धेरै उन्नत र विकसित भैसकेको छ, पहिले हामी अनुभवका कुरा गर्थियौ, ट्रायल एन्ड इरोरका कुरा गर्थियौ केही थम रुलका कुरा गर्थियौ भने अहिले यस सेवालाई टेक्नोलोजि वेस्ट इन्जिनेरिङ फिल्ड बुझ्नु पर्छ ।’

पछिल्लो समयमा धेरै मेघा प्रोजेक्ट आइरहेको र जसले गर्दा यो फिल्डको महत्व अझै बढेको उनले बताइन । सबै टेक्निकल पर्सनहरुले आफु र आफ्ना हरेक क्रियाकलापलाई समय अनुकुल  रुपान्तरित नभइ यो सेवाको सबै प्राविधिकहरुले आफ्नो पेसाको मर्यादालाई ख्याल राख्दै सचेत भयर काम गर्नु पर्ने प्रमुख अतिथि संघीय सांसद रानाको भनाइ छ । कार्यक्रममा प्रमुख अतिथि लगायतका सबैलाई डिनको मायाको चिनो अनि सम्मान कार्यक्रम राखिएको थियो ।461486755_432333529462859_8149812691412142449_n-1728216340.jpg
 

 कार्यक्रममा प्रमुख अतिथि सङ्घिय माननिय सिता राना (डिनको आजिवन सदस्य ) बिशिष्ट अतिथि डिनका केन्द्रीय सदस्यडिनको केन्द्रीय सदस्य धिरेन्द्र केसी र नारायण नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय प्रमुख रेशम बुढा लगयात स्थानिय तहमा कार्यरत प्राविधिकको उपस्थिति रहनुको साथै कार्यक्रमका अध्यक्ष डिन  दैलेख कार्यसमितिका अध्यक्ष  हेमा खड्काको उपस्तिथि रहेको थियो ।

जिल्लाका स्थानिय तहमा कर्मचारी खटनपटन र बिकास योजनामा गुणस्तर कामहरुलाइ डिनले निगरानि गर्नुका साथै, प्राबिधिक हक हितका निम्ति, राजनिति हस्तक्षप गरियका समस्यालाइ समाधान गर्दै लाने, सस्तो सुलभ तरिकाले हरेक ठाउमा प्राबिधिक शिक्षा लिन पाउनुपर्छ र देशमै स्थानिय स्रोत साधन बिभिन्न निमार्ण ब्यबसायि कुरामा यो इन्जिनियरिङ विषय अध्ययन गरेर युवा बिदेशिनु नपर्ने , वर्तमान प्राबिधिक शिक्षाको महत्त्व अनि आवस्यक्ता र प्रशाकिय क्षेत्रमा पनि इन्जिनियरिङ क्षेत्रको भुमिका हुनुपर्दछ भन्ने बारेमा डिन दैलेख अध्यक्ष हेमा खडकाको भनाइ थियो ।460653318_905385724836617_966254082506357853_n-1728216381.jpg

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज काग तिहार
आइतबार, असोज २०, २०८१

आजदेखि सुरु भयो तिहार
आइतबार, असोज २०, २०८१