आज साँझदेखि यात्रु बस चल्न दिने तयारी

सोमबार, असोज १४, २०८१

१४ असोज, काठमाडौं । आज (सोमबार)देखि नै काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु सञ्चालन हुने भएको छ । बसहरुले टिकट बेच्न थालेपछि नयाँ बसपार्कमा काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको भीड छ ।

सार्वजनिक सवारी नचल्दा राजधानीमा दशैंको मुखमा सयौं यात्रु अलपत्र छन् । नयाँ बसपार्क व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका व्यवस्थापक पंकज मल्लका अनुसार अरनिको राजमार्ग भएर जाने दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे लगायतकाबाहेक अन्य सबैजसो जिल्लाका लागि छुट्ने सार्वजनिक बसहरु पठाउने तयारी हुँदैछ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज काग तिहार
सोमबार, असोज १४, २०८१

आजदेखि सुरु भयो तिहार
सोमबार, असोज १४, २०८१