jumla 7 jumla 7
jumla 7 jumla 7

सामुदायिक वन उपभोक्ता महासंघ जाजरकोट द्वारा बृक्षारोपण

शुक्रबार, जेठ १८, २०८१

१८ जेठ, नेपालगन्ज । सामुदायिक वन उपभोक्ता महासंघ जाजरकोटले स्थापना दिवसमा बृक्षारोपण गरेको छ ।  महासंघ जाजरकोटको आयोजनामा २९ औ स्थापना दिवसको अवसरमा जाजरकोट जिल्लाको छेडागाड नगरपालिका १ खार खोलाको आसपासमा वृक्षारोपण गरिएको हो ।

naumule

उक्त वृक्षारोपण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य निरज प्रसाद आचार्य, नेकपा एमाले कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष तथा छेडागाडका पूर्व नगरप्रमुख लालबहादुर महतारा, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य गोपालबहादुर नेपाली, प्रदेश महासंघका सदस्य बिरबहादुर अधिकारी, महासंघका जिल्ला अध्यक्ष प्रेमबहादुर कार्की विभिन्न पार्टीका प्रतिनिधि, छेडागाड सव डिभिजन कार्यालय परिवार, अस्थायी प्रहरी पोस्ट छेडागाड र पाँचतारा युवा संरक्षक मञ्चको प्रतिनिधित्व रहेको थियो ।

वृक्षारोपणमा काउलो, चिउरी, लिप्टिस, सिसौ, निम र तेजपत्ताको २९÷२९ वटा बिरुवा रोपन गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १९:०२
प्रतिक्रिया दिनुहोस्