सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को असरबिच मौसम पूर्वानुमान महाशाखाले आजदेखि ५ दिनसम्मको मौसमी सम्भावनाबारे प्रक्षेपण जारी गरेको छ।
मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ भने चक्रवात अर्नबको पनि प्रभाव छ। मौसम महाशाखाले आज (बिहीबार) बिहान ८ बजे अपडेट गरेको बुलेटिनअनुसार यतिबेला देशभर आंशिकदेखि साधारणतया बादल लागेको छ।
यस्तो छ ५ दिनको प्रक्षेपण
२०८३ कार्तिक १२ गते (बिहीबार)
दिउँसो : देशभर साधारणतया बादल लाग्नेछ। कोसी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा बाँकी हिमली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहको छ। मधेस प्रदेश लगायत कोसी र बागमती प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा, कर्णाली प्रदेशको पहाडी तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश पहाडी र तराई भूभागको एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
राति : कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा अधिकांश बादल लाग्ने छ तथा बाँकी भूभागमा साधारणतया बादल लाग्नेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपात मधेस प्रदेश तथा लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
२०८३ कार्तिक १३ गते (शुक्रबार)
दिउँसो : देशभर अधिकांश बादल लाग्नेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपात सम्भावना छ।
राति : देशभर अधिकांश बादल लाग्नेछ। देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशको थोरै स्थानमा भारी वर्षा/हिमपात सम्भावना छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षा/हिमपातको पनि सम्भावना रहेको छ।
२०८३ कार्तिक १४ गते (शनिबार)
दिउँसो : कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्ने छ तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको केहि स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपात सम्भावना छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षा/हिमपातको पनि सम्भावना रहेको छ।
राति : देशभर साधारणतया बादल लाग्नेछ। देशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
२०८३ कार्तिक १५ गते (आइतबार)
देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का सम्मको वर्षा/हिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ कार्तिक १६ गते (सोमबार)
देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का सम्मको वर्षा/हिमपातको सम्भावना छ। तराई भूभाग,उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।