सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
ब्रिक्स शिखर सम्मेलन २०२६ मा भाग लिन चीनका राष्ट्रपति सी चिनफिङ नयाँ दिल्ली आइपुगेका छन्। उनको विमान दिल्लीको पालम एयरबेसमा अवतरण भएको छ।
ब्रिक्स सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा आज सुरु हुँदै छ। ब्रिक्स शिखर सम्मेलनमा १० वर्षपछि पहिलोपटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एकसाथ देखिँदै छन्।
पुटिन यसअघि नै नयाँदिल्ली आइसकेका छन्। यसअघि यी तीन नेता सन् २०१६ मा भारतको गोवामा आयोजित ब्रिक्स शिखर सम्मेलनमा भाग लिएका थिए।