भोटेकोसी बाढीमा बेपत्ताकरिब ५ हजार

शनिबार, भदौ २०, २०८३

भदौ १० को भोटेकोसी बाढीमा बेपत्ताको संख्या करिब ५ हजार पुगेको छ।  गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज भदौ २० गते दिउँसो १२ बजेसम्मको अध्यावधिक विवरणअनुसार बाढीपछि हराइरहेकाको संख्या ४ हजार ९९६ पुगेको जानकारी दिएको हो। 

यसैगरी हालसम्म १ हजार ३ सय ४४ जनाको मृत्यु पुष्टि भएको छ। प्राधिकरणका अनुसार भोटेकोसी बाढीपछि बेपत्तामध्ये रसुवामा १६०, नुवाकोटमा १९२, धादिङमा ६७, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २३० र चितवनमा ३६० जनाको शव भेटिएका हुन्।

यस्तै बाढीमा परी घाइते भएका २ जना काठमाडौँमा उपचारका क्रममा बितेपछि मृतकको संख्या १३ सय ४४ पुगेको हो। 796098174_2145843833000559_4360416633493483773_n_Gg8X7yWKIT-1788595082.jpg

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  १३:४२
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार