सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । रसुवा बाढीमा परेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। उनीहरूलाई रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार भएको हो।
कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर भएको आयोजना प्रमुख आवास ओझाले जानकारी दिए ।शुक्रबार बिहान उद्धार भएका सञ्जय साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारीमा हुन् । अनलाइनखबर