सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोटमा बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन्। जुनीचाँदे गाउँपालिका–६ का ३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह बाढीमा बेपत्ता भएका प्रहरीले जनाएको छ।
उनीहरूलाई बुधबार साँझ डोग्रा खोलामा आएको बाढीले बगाएको हो। गोठबाट घर फर्कने क्रममा उनीहरूलाई बाढीले बगाएको आफन्तले बताएका छन्। उनीहरूको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।
डोग्राखोलाको बाढीले १० वटाजति पानीघट्ट समेत बगाएको छ। बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सहित तीनवटै सुरक्षा निकाय परिचालन गरिएको प्रहरीको भनाई छ।