आज नागपञ्चमी : नागपोखरीमा भक्तजनको घुइँचो

सोमबार, भदौ १, २०८३

नागपञ्चमीका अवसरमा आज विभिन्न मन्दिर, पोखरी तथा देवालयमा भक्तजनको घुइँचो लागेको छ। 

काठमाडौँका पशुपतिनाथमा रहेको वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका–१ स्थित नागपोखरी, कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदह लगायतका स्थानमा भक्तजन बिहानैदेखि नागको पूजाआराधनामा व्यस्त छन्। 

नागपञ्चमीका अवसरमा नागपोखरीमा भक्तजनले पूजा, आराधना एवं दर्शन गरिरहेका छन्। नागपोखरीमा बिहानैदेखि नित्य पूजा, आराधनाका लागि पोखरी खोलिएको छ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  ११:३१
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार