भेरी नदीमा जिप खसेर भएको दुर्घटनामा बेपत्ता दुईको पहिचान खुल्यो

बुधबार, साउन २७, २०८३

सल्यान । सल्यानमा भेरी नदीमा जिप खसेर भएको दुर्घटनामा बेपत्ता दुई जनाको पहिचान खुलेको छ । बेपत्ता हुनेमा जिप चालकसमेत रहेका दाङका २३ वर्षीय हेमराज बीसी सिद्धकुमाख गाउँपालिका–४ का २३ वर्षका भीमबहादुर राना रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानमा प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दीपक पातलीले जानकारी दिए । ्

बुधबार छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो ।

बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा रहेको उक्त जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । जसमा वनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम बिक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी छन् ।

उनीहरू दुवैको अवस्था सामान्य रहेको बताइएको छ । अनलाइनखबर

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १६:४२
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार