जाजरकोटमा भूकम्पको धक्का, ४.१ म्याग्नेच्युड मापन

मंगलबार, साउन २६, २०८३

जाजारकोटमा भूकम्प गएको छ। जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर मंगलबार बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए। 

यो भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको छ। भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा महिसुस गरिएको छ। यसअघि १८ कात्तिक २०८० मा पनि जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

यो भूकम्पमा परेर डेढसय भन्दा धेरै मानिसको मृत्यु भएको थियो। २२ चैत २०८१ मा पनि जाजरकोटको रोकाया गाउँ केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १३:४२
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार